top of page
Search
Writer's pictureMahila Shakti Bikash Kendra Nepal

लीलाको जिवनमा आएको परिवर्तन





हरेक मानिसको जिवनमा उतार चढाव आउँछन्, संघर्ष पनि प्रसस्त आउँछन् । संघर्ष गर्दैमा सफलता प्राप्त हुन्छ भन्ने पनि छैन । त्यसमा सकारात्मक सोचको पनि आवश्यकता पर्छ । नकारात्मक कुरालाई सकारात्मक सोच्न सक्नु भनेकै सफलताको पहिलो खुड्किलो उक्लनु हो । जिवन सहज र सोचे जस्तै गतिमा अगाडि बढाउँदै गयो भने जिवन जिउनुको मजा आउँदैन । फूलै फूलको बाटो जो कोही पनि हिड्न सक्छ । काँडाको बाटोमा हिड्न कठिन हुन्छ , त्यही कठिन बाटोले नै जिवन जिउन सिकाउँछ । चुनौती विनाको जिवन जिवन होइन । संघर्षले मानिसलाई परिपक्व बनाउँछ । सहनशिल बनाउँछ, सकारात्मक सोचको विकास गराउँछ ।

चितवनमा जन्मिएकी लिलामाया गौली अर्थात् विर्सना गौलीलाई शुरुमा आफ्नो नाम भन्न पनि डर लाग्ने, लाज लाग्ने गर्थ्यो । बुद्ध शान्ति माध्यमिक बिद्यालयबाट एसएलसि पास गरेकी गौलीको विवाह २०५२ सालमा विवाह भएपछि तनहुँको आबु खैरेनीमा भयो । काम गर्न घरबाट कहिले पनि रोकतोक नभएको बताउँछिन् उनी । त्यतिखेर एउटा महिला जागृति कार्यक्रम भन्ने थियो , त्यही समूहहरु बनाउने र काम गरेको बताउँछिन् । तालिमहरु पनि लिएको स्मरण गर्छिन् । तालिमहरु लिने क्रममा तनहुँ जिल्लामा ४५ ÷५० जना महिला दिदी बहिनीहरु हुन्थ्ये , आफूभित्र रहेको डरको कारण उनी जहिले पनि पछाडिको सिटमा बस्ने गरेको बताउँछिन् । विभिन्न किसिमका तालिमहरु लिने दिने क्रममा केही वर्षहरु पनि बिते । त्यही अवधिमा बच्चा पनि जन्मियो । जिम्मेवारी थपिएको पनि अनुभूति भएको बताउँछिन् । तर आफू भित्र भएको डरको कारण हो वा अरु केही कारण दुई जनामा एक जनाको मात्र छनौट हुने क्रममा आफू छनौट नहँुदा पिडा थपिएको अनुभव स्मरण गर्छिन् । तर एउटा विश्वास थियो असफलता हुनु भनेको सफलताको पहिलो खड्किलो उक्लिनु सरह हो । महिला समूहहरुमा वचत उठाउने काम गरेको हुँदा आफूलाई समूहमा भिज्न पनि सजिलो भएको बताउँछिन् । आफूलाई दिएको जिम्मेवारी इमानदारिताको साथ निभाउँछिन् उनी । सोही क्रममा एउटा संस्थाको नेतृत्व गर्न आफूलाई जिम्मा दिइएको बताउँछिन् । सोही संस्थाले तालिमको लागि महिला दिदी बहिनीलाई एक हप्ता गोर्खाको छोप्राक लगेको र तालिम पनि गाउँमा पुनः फर्किएर समूहमा तालिमहरु प्रदान गरेको पनि जानकारी दिइन् । करिब तीन महिना विकास शिक्षा सम्बन्धि तालिम प्रदान गरेको बताउँछिन् । त्यसो त उनी भन्छिन् आफूलाई कविता लेख्न र पढ्न पनि खुब रमाइलो लाग्ने गरेको बताउछिन् । जिवनको यो काल खण्डसम्म आइपुग्दा विभिन्न किसिमका उतार चढावहरु आएको बताउँछिन् । तर त्यसलाई जहिले पनि सकारात्मक रुपमा लिएको र त्यही सकारात्मकताले गर्दा आफूमा नयाँ उर्जा आएको पनि बताउँछिन् । यत्तिको जोश जाँगर आउनुमा महिला शक्ति विकास केन्द्र नेपालको मुख्य भूमिका रहेको बताउँछिन् । हुन त अवसर भन्ने कुरा बारम्बार आउँदैन । एक पटक आउँछ त्यसलाई समात्न सक्नुपर्छ । अवसर पाउन पनि माध्यम चाहिन्छ । त्यही माध्यम बन्यो कोर लिडर श्रीमाया खनाल जसले महिला शक्ति विकास केन्द्र नेपालसम्म पुग्नको लागि महत्वपूर्ण भूमिका खेल्निुभयो । उहाँले छोडे पछि आफूले अवसर पाएको बताउँछिन् । त्यसपछि आफ्नो क्षमतामा दिन दुई गुणा रात चौगुणा बढेको बताउँछिन् । कोर लिडरको करिब ८ ÷९ वर्ष काम गरेको र हाल जिल्ला संयोजक भएर काम गरिरहेको बताउँछिन् । शुरुमा आफूमा आत्मविश्वासमा कमी भएको सक्दिन की भन्ने थियो । तर साथीहरुको साथ र सहयोग अनि हौसलाले गर्दा आज महिला दिदी बहिनीहरुको माँझमा आफूलाई उभ्याउन पाउँदा खुशी लागेको पनि बताउँछिन् । यसको श्रेय पनि यही संस्थालाई दिन चाहेको बताउँछिन् । बस इच्छाशक्ति हुनु पर्छ जस्तै कठिन काम पनि सहज हुने कुरालाई नकार्न सकिदैन । महिला शक्ति विकास केन्द्र नेपालले दिएको सकारात्मक सोचको तालिम पाएपछि आफुमा सकारात्मक सोचको विकास तिब्र रुपमा विकास भएको बताउँछिन् । सही काम गरेको छ भने जसले जे भने पनि केही फरक नपर्ने बताउँछिन् । त्यसो त काम गर्नको लागि घर परिवारको पनि उत्तिकै साथ र सहयोग पाएको बताउँछिन् । एउटा महिला भएपछि घरको काम र बाहिरको कामको सन्तुलन मिलाउन जरुरी छ । त्यसमा पनि हाम्रो जस्तो देश जहाँ महिलालाई दोश्रो दर्जाको रुपमा लिइने गरिन्छ । त्यसमा पनि बुहारी भइसकेपछि घरको काम र बाहिरको कामको सन्तुलन मिलाउनु जरुरी छ । आफूले घर र बाहिरको काममा जहिले पनि राम्रो व्यवस्थापन गरेको बताउँछिन् । महिला शक्ति विकास केन्द्र नेपालको अलावा फुर्सदमा कृषि पेशामा पनि आबद्ध रहेको बताउँछिन् । वर्षमा कम्तिमा पनि ४० देखि ५० हजारसम्म नाफा हुने गरेको जानकारी दिइन् । कामले सधै काम सिकाउँछ भन्ने कुराको सशक्त र ज्वलन्त उदाहरण हुन् लिला माया गौली ।

6 views0 comments

Comments


  • Facebook
  • Instagram
  • LinkedIn
  • Youtube
bottom of page